सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिल्म निर्माणमा सलोन बस्नेत

२०८१ कार्तिक ६, ०६:४३ खबर संवाददाता

काठमाडौंः नायक सलोन बस्नेतले फिल्म निर्माणमा हात हालेका छन्।

उनी प्रस्तुतकर्ता रहेको फिल्म ‘रंगी’को छायाङ्कन मंगलवारबाट सुरु भएको छ। ३० दिनमा सक्ने लक्ष्य लिएर निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो। यस फिल्ममा सलोनको पनि अभिनय रहेको छ।

उनीसहित नम्रता श्रेष्ठ, दिलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी मुख्य भूमिकामा रहेको बताइएको छ। विशेष गरी सहायक भूमिकामा रुचाइएका सलोनले निर्माण गर्न लागेको यो नै पहिलो फिल्म हो।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा बन्ने यही फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यू गर्दै छन्। सुरेशसँग ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ। गत भदौ २४ गते नै यस फिल्मको टाइटल पोस्टर सार्वजनिक भएको थियो। 
 

कमेन्ट लोड गर्नुस