सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर एक महिला घाइते

२०८१ कार्तिक ६, ०६:०६ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।

जिल्लाको मार्मा गाउँपालिका–३ चीउरानीकी ५० वर्षीया कलावती विष्ट भिरबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनी खरबारीमा घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएकी हुन्।

उनको दाहिँने आँखा र छातिमा चोट लागेको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पतालमा रेफर गरिएको छ।
 

कमेन्ट लोड गर्नुस