सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाले निकाल्यो अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्‍याली

२०८१ कार्तिक ६, ०५:३८ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्‍याली निकालेको छ।

रास्वपा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोध जनाउँदै अत्तरियादेखि धनगढीसम्म मोटरसाइकल र्‍याली निकालिएको रास्वपा गोदावरीका नगर सभापती दिपक ओझाले बताए। धनगढीको क्याम्पस चोकदेखि चौराहसम्म पनि र्‍याली निकालिएको छ। र्‍यालीमा सहभागीहरूले सरकार विरुद्ध नाराबाजी समेत गरेका छन्।

राजनीतिक प्रतिशोध विरुद्धको ऐक्यबद्धताका लागि मोटरसाइकल र्‍याली निकालिएको रास्वपाले जनाएको छ। अत्तरियाबाट निकालिएको र्‍याली धनगढी चोकमा पुगेर समापन भएको थियो। शुक्रवार सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछाने पक्राउ परेका थिए।

कमेन्ट लोड गर्नुस