सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुकुम पश्चिम जाँदै गरेको गाडी दुर्घटना हुँदा १६ जना घाइते

२०८१ असोज २४, १०:४९

सुर्खेतः नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

 लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए। उनका अनुसार घाइते १६ जनामध्ये ४ जनाको अवस्था मध्यम र अन्य १२ जनाको अवस्था सामान्य रहेको छ।

उनीहरुलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी रुकुम पश्चिम पठाइएको छ। दुर्घटनापछि चालक सल्यान कुमाख ३ बस्ने २२ वर्षीय बसन्त बुढाथोकी फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक खत्रीले बताएका छन।            
 

कमेन्ट लोड गर्नुस