सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ज्वाइँ साब र देववानीको प्रदर्शन रोक्न माग गर्दै उजुरी

२०८१ असोज १६, ०४:५६ खबर संवाददाता

काठमाडौँः रिलिजको तयारीमा रहेका चलचित्र ज्वाइँ साब र देववानीविरुद्ध नेपाल चलचित्र निर्माता संघमा उजुरी परेको छ।

नरेन्द्रबहादुर नेम्वाङले दुवै चलचित्रको प्रदर्शन रोक्न माग गर्दै उजुरी दिएका हुन्। आफूसँग १० लाख रुपैयाँ ठगी गरेर ती चलचित्रमा लगानी गरिएको नेम्वाङको दाबी छ। उनले मौसम फिल्मस् प्रालिका तर्फबाट चलचित्र ‘निलकाँडा’मा आफूले पनि अभिनय गर्ने र मुनाफाको आधा पाउने शर्तमा पटक–पटक गरी १० लाख रुपैयाँ दिएको उजुरीपत्रमा उल्लेख गरेका छन्।

पछि आफूलाई बेग्लै ३५ लाखको चेक दिइएको तर, उक्त चेक बाउन्स भएको नेम्वाङले बताए। आफूले पहिले दिएको १० लाख रुपैयाँ अहिले दुईवटा चलचित्रमा लगानी गरिएको भन्दै प्रदर्शन रोक्न माग गरेका हुन्। 
 

कमेन्ट लोड गर्नुस