सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखराको सूर्यदर्शन सहकारीको तीन करोड अचपलन गर्ने लीला पक्राउ

२०८१ असोज १५, ०९:१६

पोखराः पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको विधानविपरीत रकम अपचलन गरेको आरोपमा एक जना पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका – १५ खुमलटार बस्ने ३२ वर्षकी लीला पछाई रहेकी छन्। उनलाई पोखराको गैह्रापाटनबाट सोमवार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले सहकारीका अध्यक्ष गिजेन्द्रबाबु राईसँग मिलेर सहकारीको तीन करोड रुपैयाँ अपचलन गरेकी थिइन्। उनले सो रकमबाट चल अचल सम्पत्ति खरिद गर्ने र शेयर कारोबारमा लगानी गरेकी थिइन्। उनलाई मंगलबार कास्की जिल्ला अदालतबाट चार दिनको मिलान म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस