सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढीपहिरोमा ज्यान गुमाएकाको परिवारलाई सरकारको २ लाख दिने निर्णय

२०८१ असोज १४, ०९:५६ खबर संवाददाता

काठमाडौंः सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। प्राकृतिक विपदका कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई पनि मृतककै रुपमा मानेर परिवारलाई २ लाख दिइनेछ। यीलगायत मन्त्रिपरिषदका निर्णयलाई मंगलवार (भोली) पत्रकार सम्मेलन गरेर जानकारी दिइने छ।
 

कमेन्ट लोड गर्नुस