सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी पीडितको राहतका लागि भाटभटेनीका अध्यक्ष मीन गुरुङले गरे एक करोड सहयोग

२०८१ असोज १४, ०९:२० खबर संवाददाता

धनगढीः बाढी पीडितको राहतका लागि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन गुरुङले एक करोड आर्थिक सहयोग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले बाढी पहिरो पीडितको राहतका लागि एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैँयाको चेक हस्तान्तरण गरेका छन्।

अमेरिकाको भ्रमण सकेर काठमाडौं आइपुगेका प्रधानमन्त्रीसँग भेट गरेर गुरुङ दम्पतील सो चेक हस्तान्तरण गरेका हुन। गुरुङले बाढी पहिरो पीडितको राहत स्वरुप सहयोग गरेको रकम प्राकृतिक विपत्ति उद्धार कोषमा जम्मा गरिएको छ। 

कमेन्ट लोड गर्नुस