चोरी खोलामा तटबन्ध निर्माणले दिएको शोभाको खुशी
विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनका लागि दुई पालिका बीच भगिनी सम्बन्ध
धनगढीः एक वर्ष पहिलेसम्म आकाशमा कालो बादल मडारिँदा शोभा चौधरीको मन बेचैन हुन्थ्यो। छटपटीले राम्ररी निदाउन सक्दिनथिइन्। लालाबालाको भविष्य के होलाभन्ने भयले उनलाई नराम्ररी प्रताडित तुल्याउँथ्यो। त्यसको कारण थियो—घर छेउमै रहेको चोरी खोला।
वर्षायामै पिच्छे चोरी खोलाले धार परिवर्तन गथ्र्यो। बस्तीतथा खेततिरबहाव सोझ्याउँथ्यो। चोरी खोलाले धार बदल्दा धेरैको उठिबास लागेको उनले आँखैले देखेकी थिइन। उनको खेत पनि बाढीकै निशाना लागेको थियो। त्यसैले घरबासै उखेल्ने हो कि भन्ने भयको हुन्डरी उनको मनमा मडारिइरहन्थ्यो। लम्कीचुहा नगरपालिका वडा नम्बर–७ वामनपुरमा बस्दै आएकी छिन् शोभा। वामनपुरमा रहेको चोरी खोला नियन्त्रणका लागि युएसएआइडीको तयार नेपाल परियोजनाले तटबन्ध निर्माण गरिदिएपछि भने आफू ढुक्क बनको शोभाको कथन छ।
‘तयार नेपालले खोलामा तटबन्ध निर्माण गरिदिएपछि भने अब केहीचिन्ता छैन,’ उनी पुलकित देखिइन्, ‘खोलामा बाढी आएपनिजग्गा कटान लगायत क्षति गर्न सक्दैन। मेरो घरपनि अब त सुरक्षितभएको छ।’ तटबन्ध निर्माणले घर सुरक्षित भएपनि खोलाले आफ्नो सबै जग्गाकटान गरेर लगेको उनको पीडा भने छँदै छ। ‘बारीमा मकै रोपेकी थिएँ। सबै खोलाले खाइदिइहाल्यो,’ उनले आँसु चुहाउँलाझैं गरेर पीडा पोखिन्, ‘मसँग अब केहीजग्गा—जमिन छैन, घर छ त्यसमै खुसी छु।’ ओत जोगिएर खेत त जोडौंला नि भन्ने लागेको छ।
शोभाको जस्तै चिन्ता बसन्ती अधिकारीको पनि थियो। उनीपनि लम्कीचुहा नगरपालिका वडा नम्बर–७ वामनपुरकै बसिन्दा हुन्। ‘कहाँजाने के गर्ने, घरहरू पनिएकदमै जोखिममा भयो,’ उनले भनिन्, ‘बाढी आउँदा खोलाले लगातार कटान गरिरहेको थियो। अब घरपनि लैजान्छ कि भन्ने ठूलो पीर थियो। युएसएआइडीको तयार नेपाल परियोजनाले चोरी खोलामातटबन्ध कसिदिएपछि बाढीले भयले लखेट्न छाडेको उनले सुनाइन्। ‘वामनपुर बस्तीका बासिन्दाहरू ढुक्कले निदाउन सक्ने भएका छौं,’ उनले भनिन्।
परियोजनाले लम्कीचुहा नगरपालिका वडा नम्बर–७ वामनपुरको चोरी खोलानियन्त्रणका लागि तटबन्ध बनाइदिएको हो। तयार नेपालपरियोजनाले नगरपालिकाको विपद् जोखिमअल्पीकरण (नदी नियन्त्रण) तर्फ लम्कीचुहा नगरपालिका वडा नम्बर–७ वामनपुरको चोरी खोलामा १ करोड २० लाख २७ हजार २४९ रुपैयाँको लागतमा ३ सय ७ मिटर लम्बाइको तटबन्ध बनाएको छ। नगरपालिकासँग समन्वय गरेर तयार नेपाल परियोजनाले चोरीको निकासलाई व्यवस्थित तुल्याएको हो।
परियोजनाले गतवर्ष यो परियोजना सम्पन्न गरेको थियो। जसबाट वामनपुरका १ सय १४ घरधुर लाभान्वित भएका छन्। सोही परियोजनाले वडा नम्बर–६ बाघमारा बाह्रबिघा सिरानी टोलमा ४८ लाख ४० हजार ३ सय ८२ रुपैयाँखर्च गरी गल्ली संरक्षणको काम गरेको छ। जसबाट ७३ घरधुरी लाभान्वित भएका छन्।
यस्तै वडा नम्बर–८ गप्काको चरैला खोलामा २ करोड १२ लाख ४ हजार ३ सय ६९ रुपैयाँको लागतमा तटबन्ध निमार्ण गरेको छ। यस आयोजनाबाट ५२ घरधुरी लाभान्वित भएका छन्। वडा नम्बर–८ गाप्कामा ६३ लाख ८५ हजार २ सय ४८ लागतको चरैला खोला पुनस्र्थापनाको कामपनि भएको छ। यस परियोजनाबाट ५२ घरपरिवार लाभान्वितभएको नगर आपतकालिनकार्य सञ्चालन केन्द्रका विपद व्यवस्थापन शाखा प्रमुुख जीवन न्यौपानेले बताए।
यसैगरी वडा नम्बर–६ बाघमारामा नै १ करोड ३४ लाख १ हजार ५ सय २४ रुपैयाँको लागतमा गल्ली सुधारको काम भएको छ।उक्तगल्ली संरक्षणबाट ७३ घरपरिवार लाभान्वित भएका छन्।
विपद् अल्पीकरण एवं जोखिमन्युनीकरणका लागि जोखिममा आधारित भू–उपयोग योजनामा समावेश भएका र नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका संरक्षण योजनाहरूलाई तयार नेपालको सहकार्यमा क्रमशःकार्यान्वयन गर्दै लगिएको शाखा प्रमुुख न्यौपानेले बताए।
उनकाअनुसार यस तटबन्ध निर्माणमा सिंगो ढुंगाहरूको प्रयोग गरिएको छैन। यो तटबन्ध सामान्य तटबन्ध जस्तै रेक्टेङगलमा नबनेर इन्क्लाईन क्लुपमा बनेको छ। ढुंगाहरूलाई फुटाएर बनाएपछि खालि ठाँउ नहुने र फिनिसिङ राम्रो हुुनुका साथै टीकाउपनि हुने भएकाले सिंगो ढुंगाहरूको प्रयोग नगरिएको हो। यसले पानीको बहावलाई पनि सजिलै रोक्न सक्दछ।
‘जोखिम सम्वेदनशील भू–उपयोगको प्रभावकारीताकालागि मापदण्डको कार्यान्वयनमा समेत यस तयार नेपालपरि योजनाले हामीलाई प्राविधिक सहयोग गरेको छ,’ शाखा प्रमुुख न्यौपानेले भने, ‘५० वर्षसम्म नबिग्रने गरी विज्ञसहितको सल्लाहमा व्यवस्थित तटबन्ध निर्माण गरेका छौं।’ परियोजनाले २०७७ सालदेखि नगरपालिकासँगको समन्वयमाआर्य—आर्जन तथा जोखिमन्यूनीकरणका क्षेत्रमाकार्य सम्पादनगर्र्दै आएको थियो।
वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको ‘भल्नरेबिलिटी एण्ड रिस्क एसेसमेन्ट एण्ड आइडेन्टिफाइङ एडप्टेसन अप्सन–सेक्टरल रिर्पोट अन डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट’ प्रतिवेदनमा कैलालीलाई बाढीको जोखिममा रहेका ८ जिल्लामध्ये राखिएको छ। कैलाली जिल्लालाई बाढीजन्य विपद्का दृष्टिले अत्यन्त जोखिममा राखिनुका कारणहरू पनिऔंल्याइएको छ। परियोजनाले तयार पारेको लम्कीचुहा नगरपालिकाको जोखिम सम्वेदनशील भू–उपयोग योजनामा बाढीलाई जोखिमको पहिलो स्थानमा राखिएको छ। लम्कीचुहा नगरपालिकाकामा पाँच वटा नदी तथा खोलाहरु बाढीजन्य विपद्का दृष्टिले अत्यन्त जोखिममा रहेका छन्। जसअन्र्तगत कर्णाली नदी, धोबिनिया खोला, रोरा, चरैला, चोरी र पठरैया खोलालाई अत्यन्त जोखिममा राखिएको छ।
युएसएआइडीको तयार नेपाल परियोजनाले लम्कीचुहा नगरपालिकाका वामनपुर लगायत अन्य पाँच स्थानमा तटबन्ध निर्माण गरेको नगर प्रमुख शुशिला शाहीले बताइन्। पालिकाको समन्वयमा गल्ली संरक्षण लगायत कामहरू गरेको उनले बताइन्। ‘यदि यस परियोजनाले लम्कीचुहामा काम नगरेको भए पालिका आफैले गर्नुपर्ने हुन्थ्यो,’ नगर प्रमुखशाहीले भनिन्, ‘परियोजनाको आर्थिक तथा प्राविधिक सहयोग र यस नगरपालिकाको नेतृत्वमाविपद् जोखिमन्युनीकरण तथा व्यवस्थापनका लागि विभिन्न विषयमा क्षमता अभिवृद्धि तथा नीतिगत व्यवस्थापनसम्बन्धी कामपनि गरेको छ। जसले विपद् न्यूनीकरणमा हामीलाई ठूलो राहतदिएको छ।’
विगत ५ वर्षदेखि यस पालिका भित्रका विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनको कामगर्दै आएको युएसएआइडीको तयार नेपाल परियोजनाको कार्यावधि भने सकिएको छ। परियोजनाले विपद्को जोखिमन्युनीकरणका अलावा पालिकाभित्रका नागरिकको जीविकोपार्जनको बाटोलाई पनि फराकिलो तुल्याउँदै जाने नगर प्रमुख शाहीले बताइन्।
‘वन—वातावरण तथा विपद् व्यवस्थापन तथा समग्रमा भएको उपलब्धीलाई संस्थागत र दिगो बनाउन नगरपालिकाले पूर्ण रूपमा अपनत्वलिने छ। वन—वातावारण तथा विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई पनि उल्लेखनीय रूपमा सहभागी गराउने र जोखिम सम्वेदनशील भू–उपयोगमा नीतिगत व्यवस्थाप नभएको तर कार्यान्वयनको क्रममा रहेकोले अब हाम्रो ध्यान पालिकास्तरीय क्षमता अभिवृद्धिमा हुनेछ। लैंगिक हिंसा प्रभावितहरूलाई समयमै सेवाप्रदान गर्नका लागि सेवाप्रदायक निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइनेछ,’ नगर प्रमुखशाहीले भनिन्। दमकल सञ्चालन तथ व्यवस्थापन कार्यविधि २०८० अनुसार दमकल तथा फायर फाइटरहरूको व्यवस्थापन तथा अध्यावधिक गर्नेपनि उनले बताइन्।
विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनका लागि दुई पालिका बीच भगिनी सम्बन्ध स्थापना
विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनका लागि दुई पालिकाबीच भगिनी सम्बन्ध स्थापनासमेत भएको छ। युएसएआइडीको तयार नेपाल परियोजना कैलालीको लम्कीचुहा नगरपालिकामा सञ्चालनभए पश्चात मिल्दोजुल्दो भौगोलिक अवस्था, हावापानी, विपद्को अवस्था र विपद् जोखिमका क्षेत्रहरू भएका टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाबीचमा भगिनी सम्बन्ध स्थापना भएको हो।
जोखिम संवेदनशील भू–उपयोग योजना निर्माणमा भगिनी सम्बन्ध सहयोगका लागि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले अनुरोध गरेपछि भगिनी सम्बन्ध स्थापना भएको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख शुशिला शाहीले बताइन्।
विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूलाई आपसी समन्वय तथा सहकार्य, सिकाइ तथा अनुभव आदानप्रदानका माध्यमबाट अझ प्रभावकारी तथा व्यवस्थित रूपमा सञ्चालन गरी विपद् उत्थानशील नगरको विकासका लागि २०७७ मङ्सिर १९ गते नगर विपदव्यवस्थापन समितिले भगिनी सम्बन्धबारे निर्णय गरेको थियो। त्यसअनुसार लम्कीचुहा नगरपालिकाले टीकापुर नगरपालिकासँग २०७८ जेठ १८ गते भगिनी समझदारी पत्रमा हस्ताक्षर गरेको नगरप्रमुख डगौराले बताए।
नगरप्रमुख डगौराका अनुसार भगिनी सम्बन्धले दुवै नगरपालिकामा सञ्चालनहुने विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलापमा सहकार्यका लागि सहजतुल्याएको छ। यसका अतिरिक्त सिकाइ आदान—प्रदान गरी प्रभावकारी कार्य सञ्चालन गर्नपनि मद्दत पु¥याएको छ।
भगिनी सम्बन्धले टीकापुर नगरपालिकाका कर्मचारीहरूको क्षमताअभिवृद्धि गर्न, तालिममार्फत् ज्ञान—सीपको सदुपयोग गर्न, आगलागी लगायतका घटना हुँदा उद्धारमा जुट्न मद्दत पुगेको टीकापुर नगरपालिकाका विपद्फोकल पर्सन(सम्पर्क व्यक्ति) निर्मला चौधरीले बताइन्।
विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी संस्थागत क्षमता विकास
लम्कीचुहा नगरपालिकामा वातावरण तथा विपद् व्यवस्थापन शाखाले विपद् जोखिमन्यूनी करणका क्षेत्रमाप्रभावकारी रुपमा काम गरिरहेको नगर आपतकालिन कार्य सञ्चालन केन्द्रका विपद व्यवस्थापन शाखा प्रमुुख जीवन न्यौपानेले बताए। शाखालाई प्रभावकारी रुपमा सञ्चालन तथा कार्य सम्पादन गर्न युएसएआइडीको तयार नेपाल परियोजनाले सूचना, प्रविधि, खोज तथाउद्धारका लागिआवश्यक उपकरणहरु सहयोग गरेको उनको भनाइ छ।
परियोजना सुरू हुनुभन्दा पहिले लम्कीचुहामा वातावरण तथा विपद् व्यवस्थापनशाखाको स्थापना भएकोे थिएन। परियोजना सुरू भएपछि नगरपालिकाद्वारा वातावरण तथा विपद् व्यवस्थापन शाखाको स्थापना गरेर जिम्मेवारी तोकिएको उनले बताए। परियोजनाले विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापनका गतिविधिहरूको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाको उक्तशाखालाई सुदृढ बनाउन आवश्यकता अनुरूपको तालिम, सामग्रीहरूको प्रबन्ध, नीति—नियमतर्जुमामा आर्थिक एवम् प्राविधिक सहयोग गरेको शाखा प्रमुख न्यौपानेले बताए।
शाखाले जोखिमन्यूनीकरणका गतिविधिहरुलाई वार्षिक योजना तयार गरी बजेट छुट्टयाउन, तथ्यांक व्यवस्थापन गर्न, नगरआपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गर्न, आपतकालीन प्रतिकार्य अर्थात खोज, उद्धार तथा राहत वितरणको लागि प्रभावकारी रुपमा कार्य सम्पादन गरिरहेको छ।
सूचना तथा तथ्यांकहरूलाई नगरवासी तथा संघीय सरकारका सम्बन्धित निकायमा उपलब्ध गराइरहेको पनि न्यौपानेले बताए। उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि नीति, ऐन, मार्गदर्शन, कार्यविधि र कार्ययोजनाहरूको तयारी पश्चात् कार्यान्वयनमा नगरले मुख्यभूमिका खेलिरहेको छ। यस परियोजनाको सहयोगमा नगरपालिकाले सबै वडामा विपद् व्यवस्थापन समितिको गठन गरेको छ।
तीसमितिहरूको सक्रियतामा विपद्व्यवस्थापन कोष निर्माण तथा रकम विनियोजन गरी विपद् जोखिमन्यूनीकरण सम्बन्धी गतिविधिहरू सञ्चालन भएरहेको छ। परियोजनामार्फत् लम्कीचुहा नगरपालिकामा अग्निनियन्त्रणसम्बन्धी विभिन्नकार्य भएका छन्। नगरपालिकाका कर्मचारीसहित स्थानीय स्वयंम सेवकहरूका निम्ति आगलागी नियन्त्रण गर्ने तालिमसमेत दिएको छ।
तालिमलाई प्रभावकारी बनाउन पहिलो पटक सन् २०२२ मा र दोस्रो पटक एक वर्षपछि सन् २०२३ मा पुनर्ताजगी तालिम दिएको लम्कीचुहा नगरपालिका सूचना अधिकारी माधव कुमार जैसीले बताए। पहिलोचरणको तालिममा १२ जना दमकलका कर्मचारीहरू र स्थानीय स्वयंमसेवकहरूको सहभागिता रहेको सूचना अधिकारी जैसीले जानकारी दिए। दोस्रो चरणमा सोही टोलीलाई सहभागी गराई पुर्नताजगी तालिम गराएको उनले बताए।
यस तालिमले आगलागी हुँदा आफ्नो सुरक्षा कसरी गर्ने? कसरी उद्धार गर्ने भनेर ज्ञान—सीप प्राप्त गरेको अग्निनियन्त्रक पतिराम चौधरीले बताए। परियोजनाले तालिममात्रै नदिएर तालिमप्राप्त कर्मचारीहरू र स्वयंमसेवकहरूको सुरक्षाका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्रीसहित अग्निनियन्त्रणमा उपयोग हुने औजारउपकरण आदिपनि उपलब्ध गराएको चौधरीले बताए।
‘यस तालिमले म लगायतअरूलाई पनिअग्नि नियन्त्रणमा दक्षबनाएको छ। काममा खटिँदा आफ्नो सुरक्षा प्रथम अनि बल्ल अरुलाई मद्दत गर्नेभन्नेकुराबोध पनिभएको छ,’ उनले भने, ‘आगो निभाउनप्रयोग गर्ने उपकरणबारे हामी सचेत छौं, हाम्रो प्राविधि कदक्षतामा पनि सुधार भएको छ।’
परियोजनाको सहयोगमा हालकर्मचारीको व्यवस्थापन तथा क्षमताअभिवृद्धि गरी विपदव्यवस्थापन सम्बन्धी नगरपालिकामा १० वटा नीति तथा कानुन र १४ प्रकारका योजना निमार्ण भएका छन्। परियोजनाको सहयोगमा यस नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी ८ सय ७२ जनालाई विभिन्न प्रकारका तालिममार्फत क्षमताअभिवृद्धि गरिएको छ।