सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्राउ परेको १५ दिनपछि रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा

२०८१ असोज १०, ०४:३० खबर संवाददाता

काठमाडौँः लागु औषधको कारोबार गरेको आरोपमा पक्राउ परेका रास्वपाका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ १५ दिनपछि धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत कास्कीले उनलाई बुधवार ७५ हजार रुपैयाँ धरौटीमा छोडेको हो। जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजालसले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।

प्रतिबन्धित औषधि (लागुऔषध) टापेटाडोल कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले श्रेष्ठलाई गत २७ भदौमा पक्राउ गरेको थियो। श्रेष्ठको पोखरा पृथ्वीचोकस्थित दिया फार्मेसीले प्रतिबन्धित लागुऔषध बेच्ने गरेको एक जना युवकको बयानअनुसार उनलाई प्रहरीले पक्राउ गरेको थियो।
 

कमेन्ट लोड गर्नुस