सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र ह्यारिसबीच तीव्र प्रतिस्पर्धा

२०८१ असोज ९, ०९:४७ खबर संवाददाता

एजेन्सीः अमेरिकामा राष्ट्रपतीय चुनाव आउन ६ सातामात्र बाँकी रहेको भए पनि मुख्य दुईमध्ये कुन उम्मेदवारले बाजी मार्छन् भन्ने अझै अनुमान गर्न कठिन देखिएको छ।

पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन्।

दुवै उम्मेदवारहरू एकअर्काविरूद्ध निकै आक्रामक देखिएका भए पनि अमेरिकी मतदाताहरूले उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक लगायतका घरेलु मामिलाका साथै विदेश नीतिबारे अघि सारेका एजेण्डाको समीक्षा गरिरहेको देखिएको छ।

एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ। ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ। तर ह्यारिसलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन। सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यसबेला निकै लोकप्रिय रहेकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन्।     
 

कमेन्ट लोड गर्नुस