सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चट्याङ लागेर एक महिला घाईते

२०८१ असोज ९, ०४:२८ खबर संवाददाता

बाजुराः बाजुरामा चट्याङ लागेर एक महिला घाईते भएकी छन्।

जिल्लाको गौमुल गाउँपालिका–४ कौडाकोटकी साउनी रोकाया चट्याङ लागेर घाईते भएकी हुन। उनी मंगलवार राति १२ बजेतिर चट्याङ लागेर घाईते भएको प्रहरीले जनाएको छ। साथै राकायाकै ४ बाख्रा चट्याङ लागेर मरेका छन्।

यस्तै सोहि टोलका वडा सदस्य मंगल धामिको १ गोरू पनि मरेको छ। घाइते महिलाको खुट्टामा चोट लागेको छ। गयराति नै बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको पनि चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो।
 

कमेन्ट लोड गर्नुस