सुदूर नेपाललाई विश्वसँग जोड्दै

गृहमन्त्रालयले गर्‍यो ४३ उपसचिवको सरुवा

२०८१ असोज ६, ०९:५० खबर संवाददाता

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। ५ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका छविलाल नेपालीलाई अछामको कमलबजार नगरपालिका, भविश्वर घिमिरेलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका, चेतराज बराललाई स्याङजाको चापाकोट नगरपालिका, मनिता श्रेष्ठलाई सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

यसैगरी  राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव गंगाधर पौडेललाई बागलुङको गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस