सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा सामान्य वृद्धि, कति पुग्यो प्रतिव्यक्ति आय?

२०८१ असोज ४, ११:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा सामान्य वृद्धि भएको छ।

आर्थिक वर्ष २०७९/८० मा कुल ग्रार्हस्थ उत्पादन ३ खर्ब ८१ अर्ब ४४ करोड रहेको आर्थिक वर्ष २०८०/८१ मा (उपभोक्ता मुल्यमा) कुल ग्रार्हस्थ उत्पादन ४ खर्ब ४ अर्ब २८ करोड रही सामान्य विस्तार भएको छ। जुन अनुमानित राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ७ दशमलव १ प्रतिशत हो।

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३ दशलव ४१ प्रतिशत पुगेको प्रदेश सरकारको तथ्यांक छ। सो अवधिसम्म सुदूरपश्चिमको कुल ग्रार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३३ दशमलव २, द्धितीय क्षेत्रको योगदान १२ दशमलव ४५ र सेवा क्षेत्रको योगदान ५४ दशमलव ३१ प्रतिशत रहेको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो योगदान क्रमशः ३२ दशमलव ६०, १३ दशमलव १८ र ५४ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८१/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३ दशमलव ४२ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ४ दशमलव शून्य ९ प्रतिशत धनात्मक तथा द्धितीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ५० प्रतिशत ऋणात्मक देखिएको छ।

सो अवधिमा सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय अघिल्लो आर्थिक वर्षको तुलनामा वृद्धि भएर एक हजार १११ अमेरिकी डलर पुगेको छ। यहाँ बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ सय ५६ पुगेको छ। बिमा कम्पनीहरुको शाखा संख्या २७१ पुगेको छ।

यहाँ सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेका छन भने एक खर्ब ५२ अर्ब ऋण लगानी गरेको पाइएको छ। यहाँ सबैभन्दा बढी गरिबी छ। गरिबीको दर सुदूरपश्चिममा ३४ दशमलव १६ प्रतिशत रहेको छ।

कमेन्ट लोड गर्नुस