सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा ‘सोफा स्टोर धनगढी’ सञ्चालनमा

२०८१ असोज १, ०८:०८ खबर संवाददाता

धनगढी : कैलालीको अत्तरियामा ‘सोफा स्टोर धनगढी’ सञ्चालनमा आएको छ। गोदावरी नगरपालिका–१ अत्तरिया–धनगढी ६ लेन सडकमा ‘सोफा स्टोर धनगढी’ सञ्चालनमा आएको हो।

मङ्गलवार पाँचौँ शाखाको रूपमा ‘सोफा स्टोर धनगढी’ सञ्चालन गरिएको छ। विश्वकर्मा पूजाका दिन उक्त ‘सोफा स्टोर’को पूजाआजा सँगै गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा अध्यक्ष र अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले संयुक्त रुपमा स्टोरको उद्घाटन गरेका छन्। सोफा स्टोरका सञ्चालक दीपेन्द्र धरेलले सुदूरपश्चिमका ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय सोफा उपलब्ध गराउने बताए। उनले सर्वसुलभ मूल्यमा फर्निचर दिने बताएका छन्। स्टोरले कैलाली जिल्लामा निः शुल्क सोफा ढुवानीको सुविधासमेत दिएको छ।

 

कमेन्ट लोड गर्नुस