सुदूर नेपाललाई विश्वसँग जोड्दै

तस्विरमा धनगढीको १० औं स्थापना दिवस

धनगढी उपमहानगरपालिकाले विद्यार्थीदेखि कर्मचारीसम्मलाई नगदसहित सम्मान गरेको छ।।

धनगढी उपमहानगरपालिकाको १० औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीदेखि उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो।

उपमहानगरपालिकाले उपप्रधान तथा सहरी विकास मन्त्री  प्रकाशमान सिंहबाट उनीहरूलाई नगदसहित प्रमाण पत्र दिइएको छ। उपमहानगरपालिकाले छात्रालाई निःशुल्क पोसाक वितरणका लागि चार लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम सहयोग गर्ने सातवटा संस्थालाई सम्मान गरेको छ।

चार लाख ९७ हजार सहयोग गर्ने माछापुच्छ्रे बैँक, पाँच लाख सहयोग गर्ने एलआरआए स्कुल, पाँच लाख सहयोग गर्ने गोलोबल बैँक, पाँच लाख सहयोग गर्ने कृषि विकास बैँक, पाँच लाख २५ हजार सहयोग गर्ने हिमालयन डिस्टिलरी, पाँच लाख २५ हजार सहयोग गर्ने भाटभटेनी र १३ लाख १५ हजार सहयोग गर्ने शिखर इन्सुरेन्सलाई सम्मान गरिएको छ।

उपमहानगरपालिकाले  ६ लेन सडकमा तारजालीसहित वृक्षारोपणमा सहयोग गर्ने २ संस्थालाई समेत सम्मान गरेको छ।

धनगढी विमानस्थल चोकदेखि मोहनपुर गेटासम्म ५० लाखको तार जालीसहित वृक्षारोपण गरेको सूर्य नेपाल प्रालि र धनगढी चौराहादेखि भन्सारसम्म तारजालीसहित वृक्षारोपणमा सहयोग गरेको जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजलाई सम्मान गरिएको छ।

उपमहानगरपालिकाले ग्यालेक्सीका आकाश ठगुन्ना र पञ्चोदयका सुमन भट्टलाईसमेत २५ हजारसहित सम्मान गरेको छ। उनीहरुले एसइइको परीक्षामा उत्कृष्ट नतिजा ल्याएका थिए। ठकुन्नाले तीन दशमलव ९५ जिपिए र भट्टले तीन दशमलव ८६ जिपीए ल्याएका थिए। कक्षा १२ को परिक्षामा सर्वाधिक अंक ल्याएका कैलाली मोडलका विद्यार्थी निराजन पाण्डे र त्रिनगर माविका सुनिल भट्ट सम्मानित भएका छन्। पाण्डेले तीन दशमलव ९२ जिपीए ल्याएका थिए भने, भट्टले तीन दशमलव ६६ जिपीए ल्याएका थिए। उनीहरूलाई पनि नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो।

उपमहानगरपालिका क्षेत्रका २ विद्यालयलाई समेत सम्मान गरिएको छ। कक्षा ८ को परीक्षामा ५० भन्दा बढी विद्यार्थी सहभागी गराएर बढी प्रतिशत विद्यार्थी उत्तीण गराएको मिलन इंलिस स्कुल र बेहडाबाबा मविलाई ५० हजारसहित सम्मान गरिएको हो। हाम्रो धनगढी, सफा धनगढी अभियानलाई सहयोग गरेका राइजिग् स्टार र बेहडाबाबालाई सम्मान गरिएको छ। उनीहरूलाई पाँच लाख रुपैयाँ नगद, रनिङ ट्रफि र प्रमाणपत्र दिइएको हो। सरसफाइसँगै जनचेतनाका कार्यक्रम गरेको आदर्श टोल सरसफाइ समितिलाई समेत सम्मान गरिएको छ।

२०८१ असोज १, ०६:२१
कमेन्ट लोड गर्नुस