कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–७ सरस्वती स्कुल नजिक, धनगढी उपमहानगरपालिका–१० जुगेडा, गोदावरी नगरपालिका–३ मालाखेती र गोदावरी नगरपालिका–४ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४ लाख २५ हजार ४६५ मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त स्थानबाट प्याज, सुर्ती, नरिवल, बिभिन्न कम्पनीका मोबाईल डिस्प्ले, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–१ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३२ हजार ७ सय मूल्य बराबरको सामान बरामद गरेको छ। उक्त मूल्य बराबरको साडी, धोती, सुटपिस, तन्ना लगायतका सामान प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।