सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको जयपृथ्वीका पाँच परिवारलाइ खाद्यन्न सहयोग

२०८१ भदौ ९, ०६:४० खबर संवाददाता

बझाङः बझाङमा गरिब तथा विपन्न परिवारलाइ खाद्यन्न सहयोग गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका- १, ३, ७ र ११ वडा भित्रका पाँच विपन्न परिवारलाइ प्रगतीशिल युवा समाज संस्थाले खाद्यन्न सहयोग गरेको हो।

प्रति परिवार ९ हजार ६ सय वरावरको चामल, मिक्स दाल, चिनी, तेल, नुन र १०/१० पिस लुगा धुने र नुहाउने सावुन दिएको संस्थाका अध्यक्ष रमेश केसीले बताए। बर्खाको समयमा दैनिक छाक टार्न समस्या देखिएपछि उक्त परिवारलाई सहयोग गरिएको केसीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस