सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश निजामती ऐन संशोधन विधेयक प्रदेश सभामा पुग्यो

२०८१ भदौ ३, ०३:१३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन विधेयक प्रदेश सभामा पुगेको छ। जेठ १३ गते प्रदेश सभाबाट दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको विधेयक समितिमा छलफल पश्चात् प्रदेश सभामा पुगेको हो।

आइतवार समितिमा आवश्यक छलफल सकिएर विधेयक प्रदेश सभामा दर्ता गरिएको समितिका सभापति देवनसिंह बिष्टले बताए। उनले समितिमा सरोकारवाल पक्षको समेत राय र सुझाव समेटेर विधेयक प्रदेश सभामा पठाएको बताए।
प्रदेश निजामती सेवा ऐन, २०७९ संशोधन नहुँदा प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा विज्ञापन गर्न समस्या भएको छ।

प्रदेश सभामा पुगेको विधेयक पारित हुना साथ प्रदेश लोक सेवा आयोगलाई विज्ञापन खोल्न बाटो खुल्ने छ।
 

कमेन्ट लोड गर्नुस