सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा हाइसको ठक्करबाट दुई जना घाइते

२०८१ भदौ २, ०६:०४ खबर संवाददाता

धनगढीः कैलालीमा हाइसको ठक्करबाट दुई जना महिला घाइते भएकी छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१ मा पुर्बबाट पश्चिमतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८२ नम्बरको हाइसको ठक्करबाट दुई जना महिला घाइते भएकी छन्।

घाइते हुनेमा घोडाघोडी–१ की २४ वर्षीया बासु सुनार र २१ वर्षीया निर्मला विक रहेकी छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। हाइस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–१ का तिलक रानालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस