सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइएमइ लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गरेर मनायो सातौँ वार्षिकोत्सव

२०८१ भदौ १, १०:३६ खबर संवाददाता

धनगढीः  आइएमइ लाइफ इन्स्योरेन्सले रक्तदान कार्यक्रम गरेर सातौँ वार्षिकोत्सव मनाएको छ। कम्पनीको सातौ वार्षिकोत्सवको अवसरमा विभिन्न समाजिक उत्तरदायित्वका कार्यक्रम पनि गरिएको छ।

धनगढी उपमहानगरपालिका–१४ फुलबारीमा हाड जोर्नी तथा नसा रोग समबन्धि निशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको धनगढी शाखा प्रमुख बिष्णु साउँदले बताए। यस्तै कम्पनीको सातौँ वार्षिकोत्सवको अबसरमा प्रभातफेरी कार्यक्रम र रक्तदान कार्यक्रम समेत गरिएको प्रमुख साउँदले बताए।No description available.

उक्त कार्यक्रममा आइएमइ लाइफ इन्स्योरेन्स सुदूरपश्चिम् प्रदेश प्रमुख सुमनप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न गरिएको हो। सातौँ वार्षिकत्सव कार्यक्रममा पुनर्बास, बेलौरी, झलारी, महेन्द्रनगर र अत्तरिया शाखाका कर्मचारीको पनि सहभागीता रहेको थियो।No description available.

कमेन्ट लोड गर्नुस