चलचित्र सतीदेवीको गीत ‘माया बसेको रैछ’ सार्वजनिक
काठमाडौँः चलचित्र ‘सतीदेवी’को गीत ‘माया बसेको रैछ’ बोलको गीत सार्वजनिक भएको छ।
प्रताप दास र दीपा लामाको स्वर रहेको गीतमा फिल्मका निर्देशक लक्ष्मण सुवेदीको शब्द र दीपक शर्माले संगीत भरेका छन्। गीतमा फिल्मकी मुख्य अभिनेत्री मलिका महत र कलाकार सन्दीप बाबु लोहनीको रोमान्टिक अभिनय देख्न सकिन्छ।
आगामी भदौ ७ देखि प्रदर्शन हुने फिल्ममा मलिका र सन्दिपबाहेक हर्षिका वली, मन्जिला बानियाँ, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोलाराज सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी, सन्देश लिम्बु, मनीशा सापकोटालगायतका कलाकारको अभिनय छ।
लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्ममा दिलासा, सारा, योगेश, विवेक, समीक्षा, लक्की, लोकप्रसाद र श्रीदेवी सुवेदीको लगानी छ।