सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुर्घटना

२०८१ साउन ३१, ०४:४९ खबर संवाददाता

धनगढीः कैलालीमा ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ बोराडाडी चोकमा सुदूरपश्चिम प्रदेश ०१–०१ ख २७८१ नम्बरको ट्रक र से ७ प ६०८३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका छन्।

अत्तरियाबाट धनगढीतर्फ आइरहेको ट्रक र सोही दिशा तर्फ आइरहेको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक समिर चौधरी घाइते भएका छन्। उनको स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक दिपक बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस