गोदावरीबाट ३६ हजार मुल्य बराबरको अवैध सामान बरामद
धनगढीः कैलालीबाट अवैध सामान बरामद गरिएको छ।
जिल्लाको गोदावरी नगरपालिका–३ अत्तरियाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ।
प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त प्रहरी टोलीले चिनी १६० किलो, कार्गो प्लाष्टिक १० पिस, बिडी ४६ बण्डल, सुपारी १० पिस, सुपर पावर सुर्ती ७ प्याकेट, कालो प्लाष्टिक झिल्ली ४० किलो, पान सुर्ती ४५ पिस बरामद गरेको छ । बरामद गरेको सामान अन्दाजी ३१ हजार ५६० मुल्यको रहेको छ।
यस्तै अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीलपनि गोदावरी–३ चौकीडाँडाबाट अन्दाजी ४ हजार ८ सय मुल्य बराबरको गुड ८० किलो बरामद गरेको छ। बरामद गरेको सम्पुर्ण सामान कारवाहीका लागी त्रिनगर भन्सार कार्यालय पठाईएको छ।