सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाङलो ठटाएर हात्ती तर्साउने काम नगरोस् सरकारले : सांसद केसी

२०७६ जेठ २८, ०४:१४

धर्म र संस्कृतिलाई चलाउने काम नगर्न नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारलाई चेतावनी दिएका छन्। मगंलबार प्रतिनिधिसभाकोे बैठकमा बोल्दै उनले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गरेका छन्।  

सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै काठमाण्डौ उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गर्ने काम भए उपत्यका नै घेराबन्दी हुने चेतावनी दिए। विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने भन्दै धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै घटनाको भत्सर्ना समेत गरे।

धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलार्ई  चलाइयो भने निश्चित रुपले १०औँ लाख मान्छे काठमाण्डौमा उत्रने बताउंदै उनले भने, नाङलो ठटाएर हात्ती तर्साउने काम नगरोस् सरकारले राजधानीवासीलाई।’

प्रधानमन्त्रीले विदेशीको धर्म प्रचारप्रसार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनले हिन्दू धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै गुठीयारहरु आफूहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै निकै आक्रोशित रहेको भन्दै काठमाण्डौवासीको संस्कार र भावनासँग खेलवाड नगर्न आग्रह गरे।   
 

कमेन्ट लोड गर्नुस