कैलालीको बर्दगोरियामा सर्पले डसेर एक जना घाइते
२०८१ साउन २१, ०५:४०
धनगढीः कैलालाीको बर्दगोरियामा सर्पले डसेर एक जना घाइते भएका छन्।
बर्दगोरिया गाउँपालिका–३ बटुकुवाका ३० वर्षीय सागर नेपालीलाई पसलबाट घर आउने क्रममा सर्पले टोकी घाइते भएका हुन्।
घाइते सागरलाई बर्दगोरिया अस्पताल बौनियामा सामान्य उपचारपछि थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कमेन्ट लोड गर्नुस