सुदूर नेपाललाई विश्वसँग जोड्दै

सवारी ज्यान मुद्दामा फरार रहेका एक जना पक्राउ

२०८१ साउन २१, ०५:०९ खबर संवाददाता

धनगढीः कैलालीबाट सवारी ज्यान मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्।

जिल्लाको जोशीपुर गाउँपालिका –४ का ४५ वर्षीय गुलाब चौधरी पक्राउ परेका हुन्। उनलाई अदालतले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र २ हजार जरिबाना तोकेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार धनगढी उपमहानगरपालिका –४ बसपार्कबाट चौधरीलाई पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस