सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५० हजार

२०८१ साउन २१, ११:५९ खबर संवाददाता

काठमाडौं: सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँ तोकेको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ सय रुपैयाँ बढेको हो। अघिल्लो दिन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। चाँदीको भाउ स्थिर छ। प्रतितोला १७८५ रुपैयाँमा चाँदीको कारोबार भएको छ।

कमेन्ट लोड गर्नुस