सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोलाकै मूल्य डेढ लाख

२०८१ साउन १८, ११:५१

काठमाडौंः नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत साउन २ गते सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

सुनको मूल्यले नयाँ रेकर्ड कायम गराएको भएपनि यसदिन चाँदीको मूल्य भने घटेको छ। बिहीबारको तुलनामा प्रतितोला पाँच रूपैयााले घट्दै चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस