सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८१ साउन १७, ०६:०२ खबर संवाददाता

काठमाडौंः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेसनबाट बुधवार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीवारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आएपनि हाललाई यथावत राखिएको निगमले जनाएको छ।

कमेन्ट लोड गर्नुस