सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको धिर्कामाण्डौँमा पहिरो जाँदा ६ जनाको धान नष्ट

२०८१ साउन १६, ०७:५७ खबर संवाददाता

डोटीः डोटीमा पहिरो जाँदा बुधवार (आज) ६ जनाको धानबालीमा क्षती पुगेको छ।

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँका ६ जनाको धान लगाएको खेतमा पहिरो गएपछि धानबाली नष्ट भएको हो।

धर्मसिं बोहरा, खडक बोहरा, कर्ण बोहरा, भक्त बोहरा, रामबहादुर बोहरा र भीम बोहराको अन्दाजी ५ रोपनी खेतमा लगाएको धानबाली पहिरो गएपछि नष्ट भएको स्थानीय कर्ण बोहराले बताए।  पहिरोले धाबाली नष्ट भएपछि किसान चिन्तामा परेका छन्।
 

कमेन्ट लोड गर्नुस