सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुवन दाहालको आवाजमा ठाडी भाका “हे दैब” सार्वजनिक (भिडियो सहित)

२०८१ साउन १६, ०८:५४ खबर संवाददाता

धनगढी: देउडा गायक भुवन दाहालको स्वरमा रहेको ठाडी भाकाको गीत “हे दैब” सार्वजनिक भएको छ।

साउन १५ गते खिर कार्यक्रमको अवसर पारेर एक कार्यक्रमका बीच उक्त गीत विमोचन गरिएको हो। मनसुन सुरु हुनासाथ देशका विभिन्न स्थानमा बाढी पहिरो जाने र भौतिक तथा मानवीय क्षति पु¥याउने गर्छ। विशेष गरी नदी तटीय क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको छ।

बाढीले वर्षेनि तराइका सयौँ घर डुबानमा परेका छन् भने पहाडमा पनि पहिरोले घर बगाएर धेरै परिवार विस्थापित भइरहेका अवस्था यस गीतमा दर्साइएको छ। यसै आधारलाई कथा बनाई बाढी पहिरोबाट हुने क्षतिबारे सन्देश दिन खोजिएको निर्देशक सुरेन्द्र संगम डोटेली बड्डोले बताए।

भुवन दाहालको आवाजमा रहेको गीत शब्द म्युजिक जगत धामीले दिएका छन्। अभिनय पत्रकार विवेक नागरि प्रिज्मा ठकुराटीले अभिनय गरेका छन्। राजेश अनरागीको क्यामेरा तथा अमित बिकको सम्पादन रहेको छ। उक्त गीतलाई बाह्रदियो म्युजिकको युटुबच्यानलबाट सार्वजनिक गरिएको हो ।

कमेन्ट लोड गर्नुस