सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानबाट एकै दिन १४ लाखका सामान बरामद

२०८१ साउन १४, १०:१४ खबर संवाददाता

धनगढीः कैलालीका विभिन्न स्थानबाट भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, १८ नम्बरको (ई) गाँउ, गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोड, वडा नम्बर–३ को मालाखेती चोक, टीकापुर नगरपालिक–८ कमलगाउँ, र भजनी नगरपालिका–५ जुठाघाटबाट जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी १४ लाख ९५ हजार ७४० बराबरको सामान प्रहरीले आइतवार बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त मुल्य बराबरको चिनी, सेन्डिल, पवन सुर्ती, विडि, साइकलको ब्रेक, मोबाइल खेलौना, चप्पल लगायतका सामान वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस