सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा दोस्रो सर्किट

२०८१ साउन १३, ११:४१ खबर संवाददाता

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो। 
 
त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।

कमेन्ट लोड गर्नुस