सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सालको रूखमा मोटरसाईकल ठोक्किएपछि... 

२०८१ साउन १३, ०७:५५ खबर संवाददाता

धनगढी: कैलालीमा सालको रूखमा मोटरसाइकल ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन्।

शनिवार राति भजनी नगरपालिका–९ स्थित सुखड–भजनी सडकखण्डमा पश्चिमबाट उत्तरतर्फ गइरहेको से २ प १९९२ नम्बरको मोाटरसाईकल सालको रूखमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते चालक भजनीका मकालु चौधरी र पछाडि सवार घोडाघोडी नगरपालिका–३ बस्ने ४२ वर्षीय जगतराम चौधरी घाईते भएका छन्। उनीहरू दुवैको जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। 

कमेन्ट लोड गर्नुस