सुदूर नेपाललाई विश्वसँग जोड्दै

नोभा हस्पिटलमा बिरामी मृत्यु प्रकरणः अस्पताल तोडफोड, दुई जना घाइते

२०८१ साउन १२, ०१:५१ खबर संवाददाता

धनगढीः नोभा हस्पिटल धनगढीमा बिरामी मृत्युको विषयलाई लिएर तनाव सिर्जना भएको छ।

कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालका सिसा फुटेका छन्। तोडफोडका क्रममा प्रहरी प्रदर्शनकारीबिच झडप समेत भएको छ। झडपका क्रममा दुई जना घाइते भएका छन्। बेलौरी–२ का अभिक बुढा र लक्ष्मण बुढा घाइते भएका छन्।

घाइतेको सारथी अस्पतामा उपचार भइरहेको छ। जन्डिसको समस्या लिएर साउन ७ गते नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएको थियो। अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन्। उचित क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुपर्ने माग आफन्तले अघि सारेका छन्।

कमेन्ट लोड गर्नुस