सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईमा मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीले पाए सफाइ

२०८१ साउन ११, ०७:५७ खबर संवाददाता

काठमाडौंः संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ पाएका छन्।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापाले गएको बुधवार यूएईको अदालतबाट सफाइ पाएका हुन्। मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि श्रेष्ठ र थापा गत बुधवार यूएईको जेलबाट रिहा भएका हुन्।

श्रेष्ठ बिहीवार स्वदेश फर्केका छन् भने थापाको पासपोर्टको म्याद सकिएका कारण यूएईमै छन्। उनी केही दिनभित्र नेपाल आउने छन्। ३ जुन २०१९ मा नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो।
 

कमेन्ट लोड गर्नुस