सुदूर नेपाललाई विश्वसँग जोड्दै

सौर्य विमान दुर्घटनाः मृतकको शव आफन्तको जिम्मा लगाउन सुरू

२०८१ साउन ११, ०५:२४

काठमाडौंः सौर्य एयरलायन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव आफन्तलाई हस्तान्तर गर्न थालिएको छ।

पोस्टमार्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको शवहरू शुक्रबार आफन्तलाई दिन थालिएको हो। पोस्टमार्टमका आवश्यक प्रक्रिया पूरा भएपछि शवहरू आफन्तलाई हस्तान्तरण गर्न थालिएको हो। पहिलो चरणमा ५ जनाको शव आफन्तको जिम्मा लगाइएको छ। प्रक्रिया मिलेसम्म केहीको आजै र बाँकी भोलि शव आफन्तको जिम्मा लगाइने शिक्षण अस्पतालले जानकारी दिएको छ।

बुधबार बिहान ११ः११ बजे सौर्य एयरलायन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। पाइलट मनिष शाक्यको भने जिवितै उद्धार गरिएको थियो। उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। शवहरू जलेका कारण ४ घन्टासम्म लगाएर पोस्टमार्टम गरिएको शिक्षण अस्पतालका फोरेन्सिक विभाग प्रमुख गोपाल चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस