अलपत्र परेका महिलाहरुको धनगढी नगर प्रहरीबाट उद्दार
२०८१ साउन ६, ०४:०६
धनगढीः कैलालीको खुटिया नदीमा पानीको बहाव बढेको छ।
धनगढी उपमहानगरपालिका–१४ ‘एच’ गाउँ शिवताल टोल नजिकका स्थानीय नदीमा पानीको बहाव बढेपछि समस्यामा परेका छन्।
खुटिया नदी पार गरेर आज (आइतबार) बिहान भारततिर कामले गएका र घाँस काट्न गएका महिलाहरू नदीको जलस्तर बढेपछि अलपत्र समेत परेका थिए। नदीको जलस्तर बढेर अलपत्र परेका महिलाहरुको धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले उद्दार गरेको छ।
कमेन्ट लोड गर्नुस