सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेहडाबाबा माविका विद्यार्थीले गरे समुदायमा सरसफाइ

२०८१ साउन ४, ०६:३२ खबर संवाददाता

धनगढीः धनगढी-१६ मा रहेको बेहडाबाबा माध्यमिक विद्यालयका विद्यार्थीले समुदायमा सरसफाइ गरेका छन्। शुक्रवार विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारू, प्रधानाध्यापक भोजराज शर्मा, सहायक प्रधानाध्यापक प्रेमचन्द्र राना र इको क्लबका विद्यार्थीहरुको सहभागितामा समुदायमा सघन सरसफाइ गरिएको हो।

विद्यालयका शिक्षक, विद्यार्थी र टोल विकास समूहको संयुक्त प्रयासमा विद्यालय वरिपरिको पाँच सय वर्गमिटर क्षेत्रमा सरसफाइ गरिएको विद्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस