सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशमा हिंसा मच्चियो, ६ जनाको मृत्यु

२०८१ साउन २, ११:०२

काठमाडौः  बंगलादेशमा रोजगारीमा गरिएको आरक्षणको विरोधमा सुरु भएको प्रदर्शनले हिंसाको रुप लिँदै गएको बंगलादेशमा स्वतन्त्रताका लागि लडेका योद्धाका सन्तानलाई सरकारी जागिरमा आरक्षणको व्यवस्था गरिएको छ  तर, आरक्षणका नाममा प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्नेलाई मात्र आरक्षणमा राखिएको भन्दै त्यहाँ प्रदर्शन चर्किएको हो।

प्रदर्शनका क्रममा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। यसअघि पनि विरोध चर्किएपछि सन् २०१८ मा आरक्षणको व्यवस्था बन्द गरिएको थियो। तर अदालतले पुन आरक्षण प्रणाली पुर्नस्थापित गरिदिएपछि प्रदर्शन चर्किएको हो। सन् १९७१ मा बंगलादेशको स्वतन्त्रता संग्राममा सहभागिता जनाउनेका सन्तानलाई आरक्षण दिने भनिएपनि दुरुपयोग भएको भन्दै प्रदर्शन चर्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्

कमेन्ट लोड गर्नुस