सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेढ लाख मुल्यको अवैध मासुसहित एक युवक पक्राउ

२०८१ असार ३०, ०४:४१ खबर संवाददाता

धनगढीः  कैलालीबाट आज (आइतवार) ब्रोइलर कुखुराको अवैध मासुसहित एक युवक पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१५ का ३४ वर्षीय कृष्ण  राना ब्रोइलर कुखुराको अवैध मासुसहित पक्राउ परेका हुन्।

उनलाई भारतबाट कटिङ गरेर ल्याउँदै गरेको अन्दाजी एक लाख ५० हजार मुल्यको ५० किलोग्राम अवैध मासुसहित प्रहरीले पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रानाले भारतबाटै कटिङ गरेको मासु सुदूरपश्मि प्रदेश ०१०१०प २४६४ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो। उनलाई नियन्त्रण लिएर प्रहरीचौकी कनरीको जिम्मा लगाइएको छ।
 

कमेन्ट लोड गर्नुस