सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बजेट कार्यान्वयनको गतिः बजेट २९ अर्ब, खर्च १८ अर्ब मात्र

२०८१ असार २९, ०१:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा बजेट कार्यान्वयनको गति बढ्न सकेको छैन्।

चालु आर्थिक वर्षका लागि कुल २९ अर्ब २८ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा कार्यान्वयन (खर्च) केबल १८ अर्ब ६२ करोड १० लाख मात्र भएको छ। कुल १७ अर्ब दुई करोड ४३ लाख रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको प्रदेश सरकारले १० अर्ब ५७ करोड चार लाख मात्र खर्च गरेको छ। 

प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार कुल २९ अर्ब २८ करोड ३० लाख रुपैयाँको बजेट विनियोजन गरिएकोमा १८ अर्ब ६२ करोड १० लाख रुपैयाँ खर्च भएको छ। चार्लुतर्फ ११ अर्ब ९५ करोड ८६ लाख रुपैयाँ विनियोजन गरिएकोमा ८ अर्ब पाँच करोड पाँच लाख रुपैयाँ खर्च भएको छ।

प्रदेश सरकारले जेठसम्म पुँजीगत खर्च ४१ दशमलव ७३ प्रतिशत गरेकोमा असार महिनामा मात्र २० दशमलव ३६ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ जेठसम्म ४९ दशमलव १५ प्रतिशत खर्च गरेकोमा असारमा १८ दशमलव १७ प्रतिशत खर्च गरेको छ। समयमै बजेट खर्च हुने गरी प्रदेश सरकारले अख्तियारी लिनुनपर्ने र साउन १ गतेबाटै बजेट कार्यान्वयन गर्नसक्ने कानुनी व्यवस्था गरिएको भए पनि असारमा खर्च गर्ने प्रवृत्तिमा सुधार आउन सकेको छैन्।

गत आर्थिक वर्ष २०७९/८० मा कुल कुल ३५ अर्ब ८ करोड ७ लाख रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ८४ करोड ५७ लाख विनियोजन गरिएकोमा १५ अर्ब ८१ करोड ३७ लाख खर्च गरेको थियो भने चालुतर्फ १२ अर्ब २३ करोड विनियोजन गरेकोमा ८ अर्ब ३३ करोड ६४ लाख खर्च गरेको थियो।

कमेन्ट लोड गर्नुस