सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि
काठमाडौंः बिहीवार सुनको मूल्य वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार प्रतितोला १ लाख ४४ हजार १०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो। यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधवार प्रतितोला १ हजार ८७० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।