सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु 

२०८१ असार २५, ०१:११

 एजेन्सीः नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार राति काठको डुंगा पल्टिँदा दुई जनाको मृत्यु भएको छ।

साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले पत्रकारहरूलाई भने, ‘करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुंगा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो। त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो।

प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उनले थपे, ‘शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो।
 

कमेन्ट लोड गर्नुस