सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई थप दुई वटा मन्त्रालयको कार्यभार

२०८१ असार २५, ०६:०४ खबर संवाददाता

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन्। 

जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन्। मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव र वनमन्त्री नवलकिशोर साहले पदबाट राजीनामा दिएका थिए । यस्तै स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि राजीनामा बुझाएकी थिइन्। 

उनीहरुको राजीनामासँगै प्रधानमन्त्रीकै सिफारिसमा उनीहरूले सम्हाल्दै आएको उक्त मन्त्रालयको कार्यभार स्वयम् प्रधानमन्त्रीले सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। यसअघि राजीनामा दिएका एमालेका ८ मन्त्रीले सम्हाल्दै आएको मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्रीले सम्हाल्दै आएका छन्। नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा रहेका छन् भने उनले असार २८ मा विश्वासको मत लिन लागेका छन्।

कमेन्ट लोड गर्नुस