गोदावरीमा वर्षाका कारण एक घर भत्कियो
२०८१ असार २४, ०५:१०
धनगढीः कैलालीमा वर्षाका कारण एक घर भत्किएको छ।
जिल्लाको गोदारी नगरपालिका–११ बाङ्सेलाका देवा ओडको घर भत्किएको हो। देवाको ढुङ्गा माटोले बनेको कच्ची घरको पछाडिको भित्ता भत्किएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।
घरको भित्ता भत्किदा घरभित्र रहेको लुगाकपडा तथा अन्नपात पुरीएको छ। पशुचौपाय तथा मानवीय क्षति भने भएको छैन्। देवालाई उनका आफन्तको घरमा सारिएको छ।
कमेन्ट लोड गर्नुस