सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

२०८१ असार २३, ०४:३८ रासस

काठमाडौँः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएको छ।

नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो। आज तीन सय २५ कम्पनीको एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयर ८० हजार आठ सय ३८ पटक खरिदबिक्री हुँदा छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै पाँच दशमलव २५ प्रतिशतले बढेको छ।

सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २१ करोड ७१ लाख ४८ हजार आठ सय एक बराबरको कारोबार भएको छ। 
 

कमेन्ट लोड गर्नुस