सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी राजमार्गमा पहिरोको वितण्डा

फाइल फोटो
फाइल फोटो
२०८१ असार २३, १०:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने सडकहरू अवरुद्ध भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ। पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ। यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ। रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो। डडेल्धुराको अनारखोलीमा खरु खसेको छ। रुख डलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ।

उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ। साँफे–मार्तडी सडक पहिरोका कारण अवरुद्ध भएको हो। हेभी इक्वीपमेन्ट डिभिजन, कार्यालय गोदावरीका प्रमुख लक्ष्मण ऐरले राजमार्गहरू अवरुद्ध भएको विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिम प्रदेशका सबै राजमार्गहरूको अवरुद्ध हटाउन कार्यालयले काम गर्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस