कैलालीमा कविता प्रतियोगिता सम्पन्न
कैलालीः कैलाली जनपुस्तकालयद्वारा आयोजित २११औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय (आधारभूत तह, कक्षा १–८) कविता प्रतियोगिता सम्पन्न भएको छ।
कैलाली र कञ्चनपुर जिल्लाका २३ विद्यालयका २३ जना सहभागी रहेको सो प्रतियोगितामा मन्दिनाज एकेडेमी, धनगढीका रिद्धिसा अधिकारी प्रथम, एक्सिस विद्याश्रमका मिसन उपाध्याय द्वितीय, सैनिक आवासीय महाविद्यालय तेघरीका विश्वास बोहरा तृतीय, डिलाइट इङ्गलिस बोर्डिङ्ग स्कुल र त्रिभुवन मावि बोराडाँडीका जेनिसा जोशी र विवेचना अवस्थीले सान्त्वना स्थान ओगेटेका छन्।
कविता प्रतियोगिताका विजेताहरूलाई २०८१ असार २९ गते भानु जयन्ती विशेष समारोहमा पुरस्कार तथा सम्मानपत्र वितरण गरिने कार्यक्रम संयोजक हर्क बोहराले बताए। कार्यक्रम धनगढी कैलाली जनपुस्तकालयका कार्यवाहक अध्यक्ष शिवराज ओझाको अध्यक्षता र उपमहानगरपालिका–१ क अध्यक्ष सन्तोष मुडभरीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा थुप्रै साहित्यकार तथा संस्कृतिकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।